जनता टाइम्स

५ आश्विन २०८२, आईतवार २१:१३

माओवादी केन्द्रकाे केन्द्रीय समिति विघटन गरी प्रचण्डकाे संयाेजकत्वमा महाधिवेशन आयोजक समिति बनाइने


काठमाडौं, असोज ५। नेकपा माओवादी केन्द्रले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ ।

आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार असोज ९ गते पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ ।

उहाँले भन्नुभयो, ‘मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको छ, नेतृत्व हस्तान्तरणसम्बन्धी विचार, विधि र प्रक्रियाबारे प्रारम्भिक छलफल भएको छ, आगामी कार्ययोजना सम्बन्धी विस्तृत प्रस्ताव पनि त्यही बैठकमा प्रस्तुत गरिनेछ ।’

यसअघि पार्टीको स्थायी समिति बैठक असोज ८ गते बस्ने गरी तय भएको छ ।