जनता टाइम्स

५ आश्विन २०८२, आईतवार २१:५१

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पाँच मन्त्री सिफारिस


काठमाडौं, असोज ५। प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।

उहाँले आफ्नो समूहसँग साँझ छलफल पछि पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. सङ्गीता मिश्र, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचना संयोजकसमेत रहनुभएका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयका अनुसार सिफारिस भएका मन्त्रीहरूको शपथग्रहण भोलि मात्र हुने भएको छ ।