काठमाडौं, असोज ७। नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सामाजिक सञ्जालमार्फत पार्टीभित्रका ‘खराब तत्त्व’लाई बाहिर निकालेर शुद्ध एमाले निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।
सुब्बाले मंगलबार आफ्नो फेसबुकमा लेख्दै, ‘ओलीसँगै एमाले सक्ने योजना थियो’ भन्ने टिप्पणी धेरै दोहोर्याइएको भन्दै, बरु ‘खराब तत्त्व फालौँ, शुद्ध एमाले बनाऔँ’ भन्ने कुरा चाहिँ लाखौँ चोटि दोहोर्याउनुपर्नेमा जोड दिनुभएको हो।
सुब्बाले नेतृत्वसँगै संगठनलाई बलियो बनाउनुपर्ने धारणा प्रकट गर्नुभएको छ। ‘ओलीसँगै एमाले सक्ने योजना थ्यो’ कति दोहोर्याउनु , बरु खराब तत्त्व फालौँ शुद्ध एमाले बनाउँ चाहिँ लाखौँचोटी दोहोर्याऊँ न हौ’, उहाँले लेख्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्