जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार १४:१८

मन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन, तपाईको पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारबाही हुन्छ


काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुमाथि नै निगरानी भइरहेको भन्दै तलमाथि फेला परे सिधै बर्खास्त गर्ने जनाउ दिनुभएको छ । नवनियुक्त मन्त्रीसहित बिहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सो जनाउ दिनुभएको हो ।

‘तपाईको पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारबाही हुन्छ,’ मन्त्रीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले मन्त्रीहरुलाई पारदर्शी हुन पनि निर्देहन दिनुभएको छ । देशको विकासमा आफूहरु ड्राइभिङ सिटमा रहेको स्मरण गर्न मन्त्रीहरुलाई निर्देशन दिँदै समन्वय गरी काम गर्न सुझाउनु भयो । सचिव र कर्मचारीले काममा ध्यान नदिए आफूमात्रै छट्पटाएर काम नहुने तथ्य पनि उहाँले राख्नुभयो ।

‘म मात्रै छट्पटाएर केही हुँदैन, मन्त्रीहरु पनि चटपटाउनुपर्यो, सचिवहरु पनि चटपटाउनुपर्र्यो,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा देखिएको विकासलाई लक्षित गर्दै उहाँले चाहेमा सात दिनभित्रै धेरै काम हुन्छ भन्ने उदाहरण जनताले देखिसकेको बताउनु भयो । प्रधानमन्त्री ओलीले यसअघि पनि सवै मन्त्रीलाई निगरानी भइरहेको जनाउ दिनुभएको थियो ।