जनता टाइम्स

७ मंसिर २०७६, शनिबार ०२:२१

तस्विरमा यस्तो देखियो केयूको दीक्षान्त (फोटोफिचर)


काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयू) को २५औँ दीक्षान्त समारोहलाई सम्पन्न भएको छ । कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवर आयोजित दीक्षान्त समारोहमा सहभागी भई सम्बोधन गर्नुभयो । दीक्षान्त समारोहमा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो । केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका हुन् । दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २१८, बिएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी छन् । भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत दीक्षित भएका छन ।