काठमाडौं, असोज २७। सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
महराविरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्लेका अनुसार सोमवार महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। महरालाई सीआईबीको टोलीले आइतवार निवासबाटै पक्राउ गरेको थियो ।
सो तस्करी प्रकरणमा सिआइवीले यसअघि नै अनुसन्धान गरेको थियो । तर त्यसबेला सत्ताको दुरुपयोग गरी तात्कालिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो दलको नेता भएको भन्दै उन्मुक्ति दिलाउनु भएको थियो ।
सो बेला प्रचण्ड र श्रेष्ठले भ्रष्टाचारीलाई छाडिन्न भन्ने नारा दिएर अपराध गर्ने आफ्नो दल माओवादीका नेताहरुलाई छानीछानी उन्मुक्ति दिने काम गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्