जनता टाइम्स

२८ आश्विन २०८२, मंगलवार १४:५१

दर्जनौं अपराधमा फरार अभियुक्त शाही नै जेन–जीको नेता बनेर न्यायाधीशदेखि संवैधानिक निकायका पदाधिकारी थर्काउने कमाण्डर बनेपछि


काठमाडौं, असोज २८ । बिभिन्न ठगी काण्डमा पक्राउ परी जमानतमा छुटेका ठगीका योजनाकार नै जेन–जी आन्दोलनको नेता बनेको तथ्य बाहिर आएको छ । शाहीको समुहबाट ठगीमा परेका श्रीकृष्ण फुयालले जेन–जी आन्दोलनमा नेता बनेको तथ्य खोल्नुभएको हो ।

फुयालको यो बयानसँगै बैदेशिक रोजगारको निम्ति कोरिया पठाइदिन्छु भनेर ३० लाख उठाएर फरार भएका र ५ महिना कारागारमा बिताएका शाही नै केही दिनदेखि जेन्जीको सहसंयोजक भन्दै सरकारी कार्यालयका प्रमुखहरुलाई आतंकित पार्दै आएको तथ्य खुलेको हो ।

शाहीले केही समयदेखि जेनजीको प्रतिनिधि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न सरकारी निकायमा पुग्ने, थर्काउने र राजीनामा माग्ने गर्दै आएका छन । ठग शाही जेनजीको नाममा समानान्तर सत्ताको अभ्याससमेत गर्दै आएका छन तर सरकार चुप बसेस ठगलाई प्रोत्साहित गरिरहेको छ ।  शाहीको समुहले केही युट्युबर र मिडिया बोक्दै सरकारी कार्यालयहरुमा जाने र थर्काउने गरेका शाहीको विगतका ठगी र बदमासीबारे संचारकर्मी समेत रहेका फुयालले भिडियो नै सार्वजनिक गर्नुभएको छ ।

फुयाँलको झन्डै १० लाख खाएर भागिरहेका शाही थुप्रै ठगीमा मुछिएको उहाँले लिएका चेक बाउन्सले पुष्टि भएको छ । फुयालले भिडियोमा पनि शाहीका कर्तुतहरुका बारेमा भण्डाफोर गर्नुभएको छ । शाहीले रेडस्टार प्रोडक्सन एण्ड मिडिया हाउसको चेक फुयाललाई दिएको र रकम नभएको चेक दिएपछि फुयाँलले प्रहरीमा बैकिङ कसुरमा जाहेरी दिनुभएको थियो ।

अख्तियारका पदाधिकारीदेखि सरकारी कार्यालयका प्रमुखको विरुद्धमा चर्काे स्वरमा राजीनामा माग्ने तिनै शाहीबिरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा २०८२ बैशाख ३० गते ठगीमा प्रकाउ गरी कारवाही गरिपाउँ भन्दै फुयालले उजुरी दिनुभएको थियो । शाहीले खरिद गरेको गाडीदेखि बैदेशिक रोजगारीका निम्ति कोरिया लगायतका देशमा पठाइदिन्छु भन्दै ठगी गर्दै हिंडेको उजुरीमा उल्लेख छ ।

कारबाहीको निम्ति विभिन्न निकायमा आफूसहितका पीडितहरुले उजुरी हाल्दै खोजिरहेको बेला शाही जेनजीको नेता भनेको मिडियाबाट जानकारी पाएको फुयालको भनाई छ । तर तिनै शाहीको समुहले केही दिनदेखि विभिन्न सरकारी निकायमा पुग्ने र प्रमुख लगायतका कर्मचारीलाई धम्की दिने, राजीनामा माग्ने गरिरहेका छन ।

आफैं ठगीमा संलग्न शाहीले जेनजी बनेर सरकारी कार्यालयमा मच्चाएको आतंकलाई गृहमन्त्री ओमप्रकाश शर्माले साथ दिएको अनुभुति भइरहेको छ ।