जनता टाइम्स

८ मंसिर २०७६, आईतवार ०७:२९

समाजवादी पार्टीले सरकार नछाड्ने, सत्तारुढ दलसँग वार्ता गर्न समिति गठन


 

काठमाडौं, मंसिर ८ । समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाएको छ । साथै उसले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्न समिति गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद् पुनगर्ठन गर्दा उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय हेरफेर गरि उहाँलाई कानुन दिइएको थियो भने राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमु क्त गरिएको छ। मन्त्रालय हेरफेर हुँदा यादव भारतमा भ्रमणमा हुनुहुन्थो । उहाँ स्वदेश फर्किएपछि शनिबार बसेको समाजवादी पार्टीको बैठकले मन्त्रालय हेरफेर गठबन्धन संस्कृति विपरित भएको भन्दै असहमति जनाएको छ । ‘यो गठबन्धन संस्कृति विपरित छ । यसप्रति हामी असहमत छौं, बैठकपछि अध्यक्ष यादवले भन्नुभयो । तर समाजवादी पार्टीकै कतिपय नेताहरुले भने जस्तो बैठकले सरकार छाड्ने निर्णय गरेन । यो सम्भावना तत्काल नरहेको एक पदाधिकारीले बताए ।

बैठकले मन्त्रिपरिषद पुनर्गठन र सहमति कार्यान्वयनबारे वार्ता गर्ने जिम्मा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई दिएको छ ।