काठमाडौं, कात्तिक ८। प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान जानकारी लिनुभएको छ । कुराकानीका क्रममा अर्थमन्त्री खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताउनु भयो ।
अर्थमन्त्री खनालले व्यवस्थापन पक्षलाई विचलित नभई सेवा सुचारु गर्न पनि आग्रह गर्नुभएको छ । ‘तपाईंहरु आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ,’ खनालले भन्नुभयो, ‘सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस ।’
ह्यात होटल बन्दबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रावलले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्