काठमाडौं, कात्तिक १० । भदौ २३ को आन्दोलन र २४ गते को प्रर्दशनको क्रममा क्षति भएका सवारी साधन प्रतिस्थापनका लागि ऋण लिनुपरे सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ ।
नेपाल राष्ट बैंकले सवै बैंक तथा बित्तिय संस्थालाई परिपत्रमार्फत उक्त व्यवस्था गरिएको जानकारी दिएको हो । ‘जेन-जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।
हाल बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारी साधनको ऋण मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था छ । यो ब्यवस्थाअनुसार सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन खरिद दुवैमा लागू हुन्छ ।
अहिले राष्ट्र बैंकले आन्दोलनमा क्षति पुगेका उद्योगी व्यवसायी, प्रतिष्ठानलगायतलाई मात्र सुविधा दिएको हो ।













प्रतिक्रिया दिनुहोस्