जनता टाइम्स

९ मंसिर २०७६, सोमबार ११:५१

एक किलो अबैध सुनसहित समातिए दुई महिला


रसुवा, मंसिर ९ । रसुवागढी नाकाबाट एक केजी सुनसहित दुई महिला पक्राउ परेका छन् । आज बिहान छिमेकी मित्रराष्ट्र चनबाट अवैध रुपमा ल्याइएको सुनसहित दुई महिलालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ परेका दुवै जनालाई सदरमुकाम ल्याइदै गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।