जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार ११:१४

संग्रहालयबाटै चोरियो एक खर्ब २६ अर्ब बराबरका गहना


काठमाडौं, मंसिर १० । पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध सङ्ग्रहालयबाट करिब एक अर्ब युरो अर्थात झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ मुल्य बराबरका बहुमूल्य गहनाहरू चोरी भएको छ।

सोमबार बिहान चोरहरूले उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा बनाइएका तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेको स्थानीय प्रहरीले जनाएको छ । घटनालाई दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैतीको संज्ञा दिइएको छ। घटना स्थानीय समयानुसार सोमबार बिहान ५ बजेतिर भएको हो।

ड्रेस्डेन ग्रीन भल्टमा गहना चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको बिबिसीले जनाएको छ । ती गहनालाई टुक्र्याएर बेचिन सक्ने अधिकारीहरू चिन्ता छ। प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ। तर अझै पनि कोही पक्राउ परेका छैनन्।९बिबिसी०