काठमाडौं, कात्तिक २६ । नेकपा (एमाले)का नेता एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन थुनामुक्त हुनुभएको छ ।
प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा पक्राउ गरिएका उहाँलाई अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि थुनामुक्त गरिएको हो ।
काठमाडौं जिल्ला अदालतले स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उहाँलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उहाँलाई आज थुनामुक्त गरेको हो ।
एमाले नेता भट्टचनलाई सीआईबीले कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरेको थियो । उहाँमाथि प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक लेनदेन र हिनामिनासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उहाँलाई थुनामा नै राखेर अनुसन्धान गर्न खोजेको भए पनि अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । उहाँलाई राजनीतिक पूर्वाग्रह र एमालेका नेताहरूलाई तर्साउने सरकारको योजना अनुसार पक्राउ गरिएको टिप्पणी हुँदै आएको थियो । सरकारको यो योजना असफल भएको छ ।
जेनजी आन्दाेलन हाइज्याक गरी गठन भएकाे सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकार ठुला राजनितक दल एमाले र कांग्रेस प्रति निक्कै अनुदार बन्दै गएकाे छ । साे पार्टीका नेताहरुलाई फसाउन र बदनाम गराउन सरकारका मन्त्रीहरु नियाेजित रुपमा लागेका छन् ।













प्रतिक्रिया दिनुहोस्