जनता टाइम्स

११ मंसिर २०७६, बुधबार ०९:५२

महिना दिनदेखी स्वास्थ्य सचिव डा. चौधरी सम्पर्कविहिन


काठमाडौं, मंसिर ११

स्वास्थ्य मन्त्रालय जान नपाएर सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने सचिव डा. पुष्पा चौधरी सम्पर्कविहिन हुनुभएको छ । पदबाट दिएको राजिनामा स्विकृत नभएपछि उहा एक महिनादेखी सम्पर्क विहिन हुनु भएको हो ।

मन्त्रालयमा उहाको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै रहेको अवस्था सम्र्पक विहिन हुनु भएको मन्त्रालयले जानकारी दिएको छ । गत कात्तिक १३ गते पदबाट राजीनामा दिनु भएकी डा.चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ । उहाको राजीनामा भने मन्त्रीपरिषद्ले अस्वीकृत गर्दै मन्त्रालयमा फिर्ता पठाएको छ । राजीनामा अस्वीकृत भएको जानकारी ३ मंसिरमा स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको थियो ।

मन्त्रीपरिषद्ले राजीनामा अस्वीकृत गर्दै सोको जानकारी सचिव डा.चौधरीलाई जानकारी दिनसमेत मन्त्रीपरिषद्को कार्यालयले स्वास्थ्यमा मन्त्रालयमा पत्र पठाए पनि मौखिकरुपमा लिन नसकिएको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताउनु भयो ।

स्रोतका अनुसार चौधरी अहिले नयाँ दिल्लीमा रहनु भएको छ । उहाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा जागिर खान शुरु गर्नुभएको स्रोतको दावी गरेको छ । सरकारी पदमा बहाल रहेको अवस्थामा कहि पनि जागिर खान नपाइने व्यवस्था रहेको छ । त्यसो गरी जागिर खाएमा कानुन अनुसार सजाय हुने व्यवस्था रहेको छ ।