बसन्त अर्याल
काठमाण्डौं, बैशाख २६
संघिय संसदको प्रतिनिधि सभाको अर्थ समितिले आयोजना गरेको प्रि–बजेट छलफलको कर्यक्रममा निजी क्षेत्रले आगमि बजेट कस्तो हुनु पर्छ भन्ने केहि सुझाब दिएका छन् ।
काठमाण्डौंमा आयोजना भएको छलफल कार्यक्रममा प्रतिनिधि सभा विभिन्न समितिका सभापति, सदस्य तथा निजी क्षेत्रको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले अहिलेको अवस्थामा तुरुन्त फाईदा लिन सक्ने कृषी क्षेत्र रहेको बताउनु भएको छ । सरकारले कृषी क्षेत्रमा धेरै अनुदान दिएको छ तर त्यो सहि रुपमा कार्यन्यन नभएको बताउनु भयो । कृषीको विकासको लागि सरकारले कन्ट्रयाक्ट फार्मिङ डेभलपमेन्ट र लेन्ड पुलिङ सिस्टमलाई म्यानेज गर्नु पर्ने सुझाब दिनु भएको छ ।
त्यस्तै चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले आगमि बजेटमा पूर्वधार विकासमा विशेष जोड दिनु पर्ने बताउनु भएको छ । सरकारी खर्च मितव्यी गरी विकास बजेटमा बढी ध्यान दिनु पर्ने उहाँको सुझाब छ। उहाँले राजस्व मुखी कर प्रणालीमा सुधार गर्नुपर्ने बताउनु भएको छ ।
छलफल कार्यक्रममा निमार्ण व्यवसायी महासंघका उपाध्यक्ष निकोलश पाण्डेले सरकारले निमार्ण व्यवसायी र निमार्ण व्यवसायीले सरकारलाई औंला ठडाउनु काम भएको भन्दै कुरोको चुरो खोज्न आग्रह गर्नु भएको छ । निमार्ण व्यवसायीले ८० अर्व भुक्तानी लिन बाँकी रहेको जानकारी गराउँदै उहाँले यसले गर्दा अर्थतन्त्रको चक्रनै बिग्रेको बताउनु भयो । आयोजना निमार्ण कार्य ढिलो हुनुको कारण बजेट प्रयाप्त नहुने, साइड किलियरेन्स बिना टेन्डर खोल्ने, गिटिबालुवा उठाउँन नदिदाँ समयमा काम हुन नसकोको उपाध्यक्ष पाण्डेको दाबी छ ।
नेपाल घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्याम गिरीले दैनिक आवश्यकता पुरा गर्ने साना उद्योगलाई विशेष प्राथमिकता दिनु पर्ने बताउनु भएको छ । हाम्रा प्रविधि १८ औं सताब्दीका भएको भन्दै नयाँ प्रविधी भित्राई सबै पालिकामा उद्योग ग्राम स्थापनाको लागि प्रयाप्त बजेट छुट्याउन आग्रह गर्नु भएको छ ।
बीमक संघका अध्यक्षले बीमा कम्पनीको क्षमतामा वृद्धी भएको भन्दै कृषी बीमाको लागि सरकारले बढी ध्यान दिनु पर्ने बताउनु भएको छ । उहाँले लघु बीमामा पनि सरकरले ध्यान दिन सके बीमा बजार फस्ट्याउने तथा विपतमा राज्यको भार कम हुने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्