जनता टाइम्स

११ मंसिर २०७६, बुधबार १९:३६

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखिय सुधार, यस्तो आयो राति सात बजेको विज्ञप्ती


काठमाडौं, मंसिर ११

प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यस्थितिमा उल्लेखनीय सुधार भएको अस्पतालले जनाएको छ । साँझ एक विज्ञप्ती जारी गर्दै स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाएको हो ।

महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताउनु भयो ।

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले पनि स्वास्थ्यस्थिति सुधारोन्मुख देखिएको बताउनु भयो । बुधवार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै भन्नुभयो, ‘उहाँ अहिले धेरै ठीक भइसक्नुभएको छ, कालो चिया र जुससमेत पिउनुभयो । अहिले परिवारका सदस्यहरूलाई पनि भेटघाट गर्न दिइएको छ । संक्रमणको जोखिम कम हुँदै गइरहेको डाक्टरहरूले बताउनुभएको छ ।’

मंगलवारको शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखिएको थियो । बुधवार बिहान प्रधानमन्त्रीलाई लगाइएको भेन्टिलेटर हटाइएको डाक्टरहरूले जानकारी दिनुभएको थियो । मंगलवार बिहान पेट दुखेपछि अस्पताल लगिएका प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो ।