काठमाडौं, मंसीर ६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई के तमासा गरेको भन्द्र कडा आक्रोश पोख्नुभएको छ । कार्कीलाई चुनाव गराउने अधिकार नै नभएको भन्दै ओलीले बारादेखि अन्य बिभिन्न ठाउँमा के तमासा गरेको भन्दै आक्रोश पोख्नुभएको हो ।
काठमाडौंमा शनिवार आयोजित शक्ति प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले हिंसालाई साथ दिन सुरक्षा निकायलाई सरकारले नै दवाव दिने गरेको र नमानेमा हटाउनेक ाम सुरु गरेको भन्दै के तमासा हो भन्नुभयो ।

‘प्रधानमन्त्रीजी के तमासा हो यो ? बारामा के गरेको ? हिंसालाई साथ दिएन भनेर एसपी फिर्ता बोलाएको होइन ? यस्तो तमासा अव बन्द गर्नाेस,’ ओलीले भन्नुभयो । उहाँले सरकारले गरिरहेको काम देश र जनताबिरोधी रहेको भन्दै भदौ २३ र२४ गतेको आगजनी, तोडफोड र बिध्वंसलाई क्रान्ति भन्ने भुल नगर्न र अपराधमा संलग्नलाई जोगाउछु भन्ने नसोच्न पनि चुनौती दिनुभयो ।
यस्तै उहाँले ‘तपाईँ को हो चुनाव गराउने ?’ भन्ने प्रश्न सोध्दै प्रधानमन्त्री कार्कीलाई चुनाव गराउनु कुनै अधिकार नभएको बताउनु भयो । ‘तपाई को हो ? कहाँबाट निर्वाचित हुनुभयो ? तपाईलाई चुनाव गराउने अधिकार नै छैन । तपाईँहरू सरकारबाट हट्नुपर्छ यो हो लोकतन्त्,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्