जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार १०:०९

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी, बिहान सामान्य हिड्डुल (विज्ञप्तीसहित)


काठमाण्डौ, मंसिर १२

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनु भएको छ । स्वास्थ्यमा उपेक्षित सुधार देखिएको र नियमित निगरानीमा राखिएको अस्पतालले जानकारी दिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले अहिले विहान १० बजे विज्ञप्ती निकाल्दै उल्लेखनीय सुधारको क्रम जारी रहेको जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीका निजी डाक्टर प्राध्यापक दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई बिहीबार सामान्य हिड्डुल गराइएको छ । ओलीको स्वास्थ्यमा सुधार भइरहेकाले उहाँलाई बुधबार पनि सामान्य डुलाइएको डाक्टर शाहले बताउनुभयो । यद्यपी उहाँलाई अझै केही दिन अस्पतालमा नै राखिने छ ।

पूर्ण रुपमा आराम दिनका लागि भएपनि अस्पतालमै राखिने डाक्टरहरुले बताएका छन् । अस्पतालबाट डिस्चार्ज गरेलगत्तै उहा काममा व्यस्थ भईहाल्ने गरेका कारण समस्या आएको डाक्टरहरुको भनाई छ । जसले गर्दा अस्पतालमै केही दिन राख्ने निर्णय भएको हो । प्रधानमन्त्रीलाई बुधबार तरल पदार्थ मात्र खान दिइएको थियो ।