काठमाडौं, मंसिर १२
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य भन्दा पनि देशप्रतिको बढि चिन्ता प्रकट गर्न थाल्नु भएको छ । उहा विहिवार विहानदेखी केही हिडडुल गर्न खोजिरहनु भएको छ । तर, चिकित्सकले अझै पनि केही दिन आराम गर्न भनिरहेका छन् ।
चिकित्सकको सो आग्रह प्रधानमन्त्रीले छटपटिका साथ स्विकारी रहनु भएको छ । उहा यताउता हिड्न खोज्ने, मोवाइल भेट्न साथ सामाजिक सञ्जालमा सक्रिय हुन थाल्नु भएको छ । चिकित्सकले बुधबार अपरान्हदेखी पारिवारिक सदस्यसँग भेट गर्न दिएको छ । जसका कारण उहा बोल्न समेत थाल्नु भएको छ । प्रधानमन्त्रीले बिहीबार बिहान १०.४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिनु भएको छ । उहाले ट्वीटरमार्फत नै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवादसमेत दिनुभयो ।
‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्