जनता टाइम्स

१४ मंसिर २०८२, आईतवार १०:०२

नार्कका ६ जना वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन, अध्ययन बिदा लिएपछि काममा फर्किएनन्


काठमाडौं, मंसीर १४। नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का ६ जना वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन। अध्ययन बिदा सकिएको लामो समयसम्म सम्पर्कबिहीन भएपछिउनीहरुलाई सेवाबाट हटाउने प्रक्रिया समेत थालिएको छ ।

अध्ययन बिदा लिएदेखि अनुपस्थित हुनेहरुमा वैज्ञानिकहरु अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगर हुनुहुन्छ । यसैगरी डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि अनुपस्थित रहनुभएको छ ।

अनुपस्थित रहेकाहरु अध्ययन बिदामा बस्नुअघि बिदापछि हाजिर हुन आउने कबुलियतनामा गराएएको थिए । तर कबुलियतनामाका सर्त समेत उल्लंघन गरेर हाजिर हुन नआएको परिषदले जनाएको छ ।

त्यसैले स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले सार्वजनिक सूचना निकालेर अनुरोध गरेको छ । ‘परिषदको कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) (क) को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ?’ उनीहरुको नामावली सार्वजनिक गर्दै परिषदले सूचनामा भनिएको छ ।