काठमाडौं, मंसीर १७ । राजनीतिक अन्यौल तथा आर्थिक चुनौतिपूर्ण बातावरणबीच नेपाली उद्योगले बैदेशिक लगानी भित्र्याएको छ ।
नेपाली उद्योगीसँगको संयुक्त लगानीमा भारतको प्रख्यात फुड ब्राण्ड बिकानो (Bikano) अव नेपाली बजारमा औपचारिक रुपमा प्रवेश गरेको हो । बिकानेरवाला फुड्स इण्डिया प्रा. लि. सँगको संयुक्त लगानीमा नेपालका उद्योगीसँग मिलेर यो ब्राण्ड नेपालमा आएको हो ।
करिव एक अर्ब नेपाली रुपैयाँको लगानीमा सम्पन्न हुने यो अत्याधुनिक फ्याक्टीले नेपालको औधोगिक क्षेत्रमा नयाँ आयाम थप्ने बिश्वास गरिएको छ । कम्पनीबाट प्राप्त जानकारीअनुसार करिव ७ बिघा क्षेत्रफलमा फैलिएको यस परियोजनाको करिव ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने उद्योगले आगामी फेब्रुअरी २०२६ देखि ब्यावसायिक उत्पादन सुरु हुने लक्ष्य दिएर यो परियोजना तीब्र गतिमा अगाडि बढिरहेको छ ।
साथै यो महत्वाकांक्षी परियोजनाले प्रत्यक्ष रुपमा करिव ३ सय जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्नेछ । उद्योग सञ्चालनमा आएपछि बिकानो ब्राण्ड अन्तर्गत उत्पादन हुने उच्च क्वालिटीका सम्पुर्ण प्रडक्टहरु नेपाली उद्योगबाटै उत्पादन हुनेछन । यसमा भुजिया, नमकिन, मिठाई, पापड, आलु चिप्सलगायत नेपाली स्वादअनुसारका शुद्ध र स्वस्थकर उत्पादन ल्याएर बिकानेले दिगो साझेदारी एवं स्थानीय सशक्तिकरणमार्फत अन्तराष्ट्रिय उपस्थिति बिस्तार गर्ने दिर्घकालिन लक्ष्य प्रस्तुत गरेको छ ।
कम्पनीका नेपालस्थित परियोजनाको कार्यकारी अधिकृत जीवराज जैनका अनुसार उद्योगले स्थानीय माग पूरा गर्नुका साथै भारतका छिमेकी राज्य बिहार र उत्तर प्रदेशमा समेत उत्पादन निर्यात गर्ने योजना बनाएको छ ।
सीमावर्ती क्षेत्र नेपालगञ्जको भौगोलिक बिशेषताका कारण यो फ्याक्ट्री निर्यातका लागि महत्वपूर्ण आधार बन्ने बिश्वास गरिएको छ । नेपालमा आधुनिक, ठूलो र ब्राण्डेड खाद्य उत्पादन उद्योग स्थापना हुने क्रम बढदै गएको अवस्थामा बिकानोको नेपाल प्रवेशले खाद्य उद्योग तथा रोजगारी क्षेत्रका साथै नेपालको आर्थिक बिकाशमा सकारात्मक प्रभाव पर्ने बिश्लेषकहरुको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्