काठमाडौं, मङ्सिर १३ । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किनुभएको छ । मन्त्री ज्ञवाली शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थल आइपुग्नुभएको हो ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराउनुभयो । त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी समेत दिनुभयो ।
मन्त्री ज्ञवालीले दुईपच्छीय सम्बन्धलाई निवकरण गर्दै व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी समेत दिनुभयो । त्यस्तै संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेको समेत उहाँले बताउनुभयो । उहाँले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको छलफल भएको समेत जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सर्भियाको औपचारीक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिनुभयो । सर्भियासँगको सम्बन्धको ६० औं वार्षिकोत्सवको अवसर पारेर त्यहाँको कुनै एक सडकको नामाकरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट राख्न सर्भिया सकारात्मक रहेको समेत जानकारी दिनुभयो । परराष्ट्र मन्त्री रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका लािग गत शनिबार रुसको राजधानी मस्को प्रस्थान गर्नुभएको थियो । उहाँले मंसिर ८ गतेदेखि ११ गते सम्म रुसको र ११ देखि १२ गते सम्म सर्भियाको भ्रमण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्