जनता टाइम्स

२३ मंसिर २०८२, मंगलवार १४:११

हायात होटलले ५ प्रतिशत नगद लाभांश दिने


काठमाडाैं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ। जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हायात होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हाे ।

मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।

आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ। अघिल्लाे वर्ष कम्पनीले ११ प्रतिशत नगद लाभांश दिएको थियो।