काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा पुस १९ गते शनिबार आह्वान गरेको छ ।
कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा बिहान ११ः३० बजे सुरु गर्ने निर्णय गरेको हो ।
साधारण सभामा छलफल र पारित गरिने मुख्य प्रस्तावहरू निम्नानुसार छन्:
१. वित्तीय विवरणहरू पारित: गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरू उपर छलफल गरी पारित गर्ने ।
२. लाभांश प्रस्ताव शून्य: कम्पनीले यसअघि नै मंसिर १६ गतेको सञ्चालक समिति बैठकबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ ।
३. लेखापरीक्षक नियुक्ति: चालू आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. स्वतन्त्र सञ्चालक: सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।
५. सञ्चालक समितिलाई अख्तियारी: नियामक निकाय (नेपाल धितोपत्र बोर्ड वा कम्पनी रजिष्ट्रारको कार्यालय) बाट कुनै निर्देशन वा सुझाव आएमा सोहीबमोजिम आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
बुकक्लोज:
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, पुस ८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्रै सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन् ।













प्रतिक्रिया दिनुहोस्