जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १०:०८

९७ वर्षीया पद्मकुमारीले मतदान गरे पछि भनिन् बाबु सुर्यमै छाप लगाए


पोखरा, मंसिर १४ । कास्की दुई प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ९७ वर्षीया पद्मकुमारी भन्डारीले मतदान गर्नुभएको छ । पार्दी मावी को केन्द्रमा मतदान गर्नुभएको हो । मतदान गरे पछि उहाँले भन्नुभयो सुर्यमा छाप लगाए बाबु हामीलाई हेर्ने भनेको पाटी सुर्य हो त्यसैले भोट गरे, यो केन्द्रमा ५०२८ मतदाता छन् ।

यसैवीच कास्की २ मा रिक्त रहेको पदपूर्तिका लागि अहिले मतदान भईरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार बनेकी विद्या भट्टराई  मतदान केन्द्रमा पुगेर भोट खसाल्नु भएको छ ।

कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज उपनिर्वाचन भैरहेको छ ।
बिहान ७ बजेबाट सरु भएको मतदानका लागि कास्की २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।