जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार ११:०९

प्रधानमन्त्री ओलीलाई यसरी गर्न सकिन्छ सुस्वास्थ्यको कामना र शुभेच्छा प्रकट


काठमाडौं, मंसिर १४

प्रधानमन्त्री केपी शर्मा ओली अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गरिरहनु भएको छ । सम्भावित संक्रमणबाट जोगाउन उहालाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि आकलन गरिएको छ ।

यसक्रममा प्रधानमन्त्री ओलीलाई भेटेर शुभेच्छा प्रकट गर्न चाहाने नेता, कार्यकर्ताको ठुलो इच्छा छ । तर संक्रमण हुने डरले सिमित मानिसलाई मात्र भेट्न दिइएको छ । जसलाई उहाको सचिवालयले प्राविधिक रुपमा पुरा गरेको छ । प्रधानमन्त्रीको आधिकारीक वेवसाइट www.kpsharmaoli.com.np मा गएर शुभेच्छा लेखिएको ठाउमा उहालाई सन्देश छाड्न मिल्ने बनाएको छ । शुभेच्छा लेखिएको अर्को छेउमा पोष्ट रहेको ठाउमा क्लिक गरेपछि त्यहा आफ्नो परिचय खोलेर शुभेच्छा प्रकट गर्न सकिने सचिवालयले जानकारी दिएको छ ।