जनता टाइम्स

३ पुष २०८२, बिहीबार १३:४६

नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी


नेकपा (एमाले)को सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । सम्पन्न निर्वाचनमा ९ सचिव पदका लागि भएको प्रतिस्पर्धामा अध्यक्ष ओलीको प्यानलका सबै उम्मेदवार विजयी भएका हुन् ।

मतपरिणामअनुसार सचिव पदमा सबैभन्दा बढी मत ल्याउनेमा महेश बस्नेत रहनुभएको छ । उहाँले १,५४४ मत प्राप्त गरी शीर्ष स्थानमा विजयी हुनुभयो । दोस्रो धेरै मतसहित पद्माकुमारी अर्याल विजयी हुनुभयो । उहाँले १,५३० मत प्राप्त गर्नुभयो ।

तेस्रो स्थानमा छविलाल विश्वकर्मा रहनुभएको छ । उहाँले १,५०६ मत ल्याउनुभयो । यसैगरी सचिव पदमा शेरधन राई १,५०३, हिक्मतकुमार कार्की १,३३७, खगराज अधिकारी १,२३१, यामलाल कंडेल १,१८५, राजन भट्टराई १,१८१ र भानुभक्त ढकाल १,१०८ मतसहित विजयी हुनुभएको छ ।

सचिव पदमा अध्यक्ष ओलीको प्यानल नै विजयी भएपछि पार्टीभित्र नेतृत्वको पकड थप मजबुत भएको विश्लेषण गरिएको छ ।न