काठमाडौं, मंसिर १४
तीन तहका रिक्त ५२ पदका लागि भएको निर्वाचनमा करिव ७० प्रतिशत मत खसेको छ । ३७ जिल्लाका केही स्थानमा भएको मतमा ७० प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनु भयो । मतदानको पूर्णविवरण आउन बाँकी रहे पनि अधिकांश स्थानमा करिब ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
बिहान सात बजेबाट सुरु भएको मतदान अहिले अपरान्ह पाँच बजे सम्पन्न भएको छ । केही मतदानस्थलमा भने मतदाता आउने क्रम जारी रहेकाले केहीबेरलाई मतदानको समय पर सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्