जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार २०:५७

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा शनिवार देखियो यस्तो सुधार


काठमाडौं, मंसिर १४

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निक्कै उल्लेख्य सुधार आएको छ । शल्यक्रियाको पाँचौ दिन आईपुग्दा उहा सामान्य हिडडुल गर्न थाल्नु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अपेक्षित गतिमै स्वास्थ्यमा सुधार आईरहेको जानकारी दिनुभयो । ‘उहाँले आज ठोस खानेकुरा लिनुभएको छ । आइसीयूभित्रै सामान्य हिडडुल गर्नुभएको छ’, प्रेस सल्लाहकार थापाले भन्नुभयो, ‘उहाँको सघन उपचार कक्ष मै उपचार जारी रहेकाले आगन्तुकहरूको भेट भने नियन्त्रित गरिएको छ ।’