काठमाडौँ, पुस ८ । काठमाडौँको थापाथलीस्थित ब्रिटिस कलेजमा केही युवाले तोडफोड गरेका छन् भने प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।मंगलबार मध्याह्न कलेजमा पुगेका केही युवाले शुल्कको विषयमा कलेज व्यवस्थापनले आफ्नो कुरा नसुनेको भन्दै विरोध जनाएका थिए।प्रहरीले कलेजबाट हटाउन खोजेपछि उनीहरूले ढुंगामुढा गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताउनुभयो । ‘केही युवाले हुलहुज्जत गरेका थिए। जाउभन्दा ढुंगा हानेपछि नियन्त्रणमा लिएका छौं,’ भट्टराईले भन्नुभयो। उनीहरूले ब्रिटिस कलेजमा तोडफोड गरेका छन्। ढुंगा प्रहारबाट केही क्षति भएको छ। अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ। पक्राउ परेका सातै जनासँग सोधपुछ भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
ब्रिटिस कलेजमा तोडफोड, सात जना पक्राउ













प्रतिक्रिया दिनुहोस्