काठमाडौं, पुस ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै खरेल एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुग्नुभएको हो ।नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको खरेलको भनाइ छ ।
आजै उहाँले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुने छ ।यसअघि खरेलसहितको सरकारी टोलीले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको राजनीतिक दलको कार्यालयको पनि निरीक्षण गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्