जनता टाइम्स

१३ पुष २०८२, आईतवार ०८:४९

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै


काठमाडौ, पुस १३। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

यस अघि शनिबार भएको बैठकमा समानुपातिकतर्फका १ सय १० उम्मेदवार चयनका लागि मापदण्ड तय गर्दै नाम छनोट प्रक्रिया प्रारम्भ गरिएको थियो। बैठकले विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, तिनका प्रस्तावक तथा समर्थक बनेका वा असहयोग गरी पार्टी अनुशासन विपरीत कार्य गरेकाका कारण कारबाहीमा परेका नेता–कार्यकर्ताको कारबाही पनि फिर्ता गर्ने निर्णय गरिसकेको छ ।

निर्णयअनुसार निष्कासन, निलम्बन तथा पार्टी विधानअनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरिएको छ। उनीहरूको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ। यसै गरी, पार्टी परित्याग गरेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्कन आह्वान गरिएको छ।