काठमाडौं, पुस १५ । नेकपा (एमाले) कि केन्द्रीय सदस्य एवम् काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुस्तान्तरणबारे युवा जमातलाई गहिरो अध्ययन गर्न सुझाव दिनु भएको छ । मदन–आश्रित स्मृति प्रतीस्ठानद्वारा मंगलबार यहाँ आयोजित विचार गोष्ठीमा उहाँले सो सुझाव दिनुभएको हो ।
पुस्तान्तरण भनेको पुरानोलाई हटाएर नयाँलाई ल्याउनु मात्र नभएको बताउँदै उहाँले पुस्तान्तरण हुन ज्ञान, विचार, संस्कृतिको पुस्तान्तरण हुनु पर्ने बताउनुभयो । अरु दलले पुस्तान्तरणको गफ धेरै दिने गरेपनि एमालेले काम गरेर व्यवहारमा देखाएको उहाँले बताउनुभयो ।
एमालेको ११ औं महाधिवेसनबाट युवा क्लस्टर छुट्याएर एमालेले व्यवहारमा पुष्टि गरिसकेको उहाँले बताउनुभयो । आफू पनि त्यही क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको उहाँले बताउनुभयो ।बुवाले छोरालाई अंश दिएजस्तो पुस्तान्तरण हुन नसक्ने उहाँले बताउनुभयो ।
नेता बन्न अध्ययन, लगनशील, सिदान्तको ज्ञान र समर्पणको खाँचो रहेको डंगोलले चर्चा गर्नुभयो । ‘राजनीति भनेकाे उमेर समूह मात्र हाेइन, राजनीतिमा आउनका लागि नलेज, स्पाेर्टी चाहिन्छ, त्यति मात्र नभएर सिप चाहिन्छ, सबैभन्दा महात्वपूर्णकुरा उर्जा चाहिन्छ’, उहाँले भन्नुभयाे ।
उर्जा र सिप भएका मानिसले निरन्तर रुपमा देशकाे राजनीतिलाई याेगदान दिनु पर्ने उहाँले बताउनुभयाे । राजनीतिमा उमेर समूहले मात्र खासै अर्थ नराख्ने उहाँले स्पष्ट पार्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्