जनता टाइम्स

२० पुष २०८२, आईतवार ०८:४२

एमाले सिन्धुलीकाे क्षेत्रीय बैठकमा सहमति जुटेन, सबैको नाम केन्द्रमा पठाइने


सिन्धुली, पुस २०। नेकपा एमाले सिन्धुलीकाे निर्वाचन क्षेत्र नम्बर–२ को क्षेत्रीय कमिटी बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने विषयमा एकमत हुन नसकेपछि छलफलमा आएका सबै नेताहरूको नाम पार्टी केन्द्रमा पठाइने भएको छ ।

बैठकमा निवर्तमान केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनोजजंग थापा, वर्तमान केन्द्रीय सदस्य निरु दर्लामी, निवर्तमान केन्द्रीय सदस्य उमा कोइराला, शान्तिमान कार्की, विनोद खड्का, कौशल कोइराला, रामकृष्ण श्रेष्ठ, नवराज थिङ, पुष्पराज श्रेष्ठ र धनजङ थापाले आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न नसकेको हो ।

पार्टी केन्द्रले एक महिला सहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि क्षेत्रीय कमिटीले आवश्यक सहमति नबन्ने अवस्था आएपछि बैठकमा प्रस्तुत भएका सबै नाम केन्द्रमा पठाउने निष्कर्ष निकालेको बताइएकाे छ ।

अब उम्मेदवार चयनको अन्तिम निर्णय नेकपा एमालेको केन्द्रीय नेतृत्वले गर्नेछ ।