जनता टाइम्स

२० पुष २०८२, आईतवार ११:३७

सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले घट्यो


काठमाडौं, पुस २०  । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा थियो ।यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर आज तोलाको ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ५ सय २५ रुपैयाँ थियो ।