काठमाडौं, पुस २० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
दुई नेताबीच आइतबार (आज) बिहान ललितपुरमा भेटघाट भएको प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले जानकारी दिनुभयो । “दुई नेताबीच ललितपुरमा भेटघाट भएको छ, समसामायिक राजनीतिक विषयमा कुराकानी भएको हो,” उहाँले भन्नुभयो ।
आचार्यका अनुसार, ओली र प्रचण्डले चुनावी तालमेलका विषयमा पनि छलफल गर्नुभएको थियो । “चुनावी तालमेलसहितका विषयमा पनि छलफल भएको छ,” आचार्यले भन्नुभयो ।
आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । चुनावी गठबन्धनका विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच संवाद जारी रहेको नेताहरू बताउँछन् ।













प्रतिक्रिया दिनुहोस्