जनता टाइम्स

२० पुष २०८२, आईतवार २२:२४

प्रतिनिधिसभा निर्वाचन : बैतडीबाट एमालेद्वारा दामोदर भण्डारीको एकल नाम सिफारिस


बैतडी, पुस २०। नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बैतडी निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दामोदर भण्डारीको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

आइतबार बसेको जिल्ला कमिटी बैठकले भण्डारीको नाम सर्वसम्मत रूपमा केन्द्रमा पठाउने निर्णय गरेको जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले जानकारी दिए ।

भण्डारी २०७०, २०७४ र २०७९ सालमा भएका प्रतिनिधिसभा निर्वाचनमा लगातार तीनपटक विजयी भई मन्त्रीसमेत भइसक्नु भएकाे छ। पार्टीभित्र बलिया प्रतिस्पर्धीका रूपमा चिनिँदै आएका भण्डारीलाई पुनः एकपटक जिताउने लक्ष्यसहित सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरिएको बताइएकाे छ ।