जनता टाइम्स

२१ पुष २०८२, सोमबार १९:४७

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएँ – मिलन लिम्बू


काठमाडौं, पुस  २१  ।  मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको जनाउनुभएको छ ।

सोमबार फेसबुकमार्फत लिम्बूले उक्त जानकारी दिनुभएको हो । आफूले पार्टी नेतृत्वसँगको सल्लाहमा समानुपातिकतर्फ उमेदवारी दिएको उहाँको भनाइ छ । तर, पछिल्लो समय एकताको प्रक्रियाबाट आएकाहरूलाई व्यवस्थापन गर्न नेतृत्वलाई सघाउ पुगोस् भनेर आफूले नाम फिर्ता लिएको उहाँको भनाइ छ । यो कदम पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिइएको सचेत र जिम्मेवार राजनीतिक निर्णय हो, लिम्बूले फेसबुकमा लेख्नुभएको छ ।