जनता टाइम्स

२१ पुष २०८२, सोमबार २२:४२

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले खोटाङद्वारा विशाल भट्टराई सहित १० जनाको नाम सिफारिस


खोटाङ, पुस २१। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले खोटाङले १० जनाको नाम सिफारिस गरेको छ।

जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा सदस्यका सम्भावित उम्मेदवारका रूपमा विभिन्न पृष्ठभूमिका नेताहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो। सिफारिस गरिएका नामहरू पार्टीको केन्द्रीय समितिमा पठाइने जनाइएको छ।

एमाले खोटाङले सिफारिस गरेका उम्मेदवारहरूमा विशाल भट्टराई, देवान राई, देवविक्रम राई, खगेन्द्र राई, रमेश पौडेल, पिके (पाँचकर्ण) राई, रामप्रसाद दंगाल, ओमप्रकाश घिमिरे, धनकुमारी श्रेष्ठ र विष्णु उपरकोटी रहनु भएको छ।

पार्टी स्रोतका अनुसार सिफारिस प्रक्रिया पार्टीको विधानअनुसार आन्तरिक छलफल र मूल्याङ्कनपछि अघि बढाइएको हो। अन्तिम उम्मेदवार भने नेकपा एमालेको केन्द्रीय कमिटीले निर्णय गर्नेछ।