जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १६:०७

सिद्धबाबालाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं, मंसिर १६ । आफ्नै आश्रमभित्र एक अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले चार दिन म्याद थप गरेको छ । सुनसरी अदालतले आज गिरीलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीलाई अनुमति दिएको हो ।

बलात्कारको आरोप लागेलगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई प्रहरीले आज बिहानै ५ बजे पक्राउ गरेर हिरासतमा राखेको थियो । गिरी शनिबार विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमा भर्ना भएका थिए । अदालतले म्याद थप गरेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगेको छ । गत कात्तिक ४ मा उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।