जनता टाइम्स

२३ पुष २०८२, बुधबार २०:३०

शंखरापुरमा दुर्घटना अपडेट: एकजनाको मृत्यु, १८ घाइते


काठमाडौं, पुस २३  ।  काठमाडौँको शंखरापुर नगरपालिका- ३ स्थित फेरी जंगलमा आज साँझ बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा घाइते भएका एक जनाको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा केहीवेर अघि मृत्यु भएको हो।पिकनिक खाएर फर्किएको बस साँझ ६ बजेतिर दुर्घटना हुँदा अन्य १८ जना घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

अहिले नेपाल मेडिकल कलेजमा १ जना, शंखरापुर अस्पतालमा ८ जना र मुलपानी नगर अस्पतालमा ४ जना तथा शुष्मा कोइराला अस्पतलाा साँखुमा ६ जना घाइतेको उपचार भइरहेको छ।