जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार ०७:२१

बढ्यो पेट्रोलियम पदार्थको मूल्य (दररेट सहित)


 

काठमाडौं, मंसिर १७ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीमा भाउ बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।
निगमले आज रातीदेखि लागू हुने गरी बढाएको इन्धनमा निगमलाई नाफै छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९८ पैसा नाफा छ भने डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा नाफा छ । मट्टितेलमा प्रतिलिटर २४ रुपैयाँ ३३ पैसा नाफा छ ।