जनता टाइम्स

२५ पुष २०८२, शुक्रबार ०८:४४

सुरुवाती मापनमै ३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम


काठमाडौं,  पुस २५ । आज (शुक्रबार) सुरुवाती मापनमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५स्४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव शून्य अर्थात् ३।० डिग्री सेल्सियस देखिएको हो।यो सुरुवाती मापन मात्र हो।

आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ। हिजो बिहीबार पनि सुरुवाती मापनमा ३।३ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि बिहान ८ः४५ बजे घटेर ३ डिग्री सेल्सियसमा झरेको थियो।

गत मंगलबारदेखि बिहीबारसम्म काठमाडौँको न्यूनतम तापक्रम लगातार ३ डिग्री सेल्सियस रहेकामा आज सुरुवाती मापनमै यति देखिएकाले त्यसभन्दा पनि तल झर्ने सम्भावना देखिन्छ। बिहीबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ८ दशमलव १ अर्थात् ८.१ डिग्री सेल्सियस देखिएको थियो।मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।न्यूनतम तापक्रम बिहान ८स्४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।