जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १२:२०

करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई अर्थमन्त्री खतिवडाको निर्देशन


काठमाडौं, बैशाख २७

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेको क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिनुभएको छ । कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोडन र अनावश्यक क्षेत्रमा कर असुली नगर्न अर्थमन्त्री खतिवडाले सम्बन्धित सवै निकायहरुलाई सचेत समेत गराउनु भएको छ ।

‘ कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोडन र अनावश्यक क्षेत्रमा कर असुली नगर्नाेस,’ अर्थमन्त्री खतिवडाको निर्देशन थियो । आन्तरिक राजस्व विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरिएकोमा कडा असन्तुष्टि जनाउनु भयो । कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाई थियो ।

‘सेल्स प्वाईन्ट’ मै मूल्य वृद्धि कर असुली गर्न आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई सचेत गराउँदै उहाँले सेल्स गर्ने तर मूल्य अभिवृद्धि कर तीर्न महिनौं लगाउने प्रथाको अन्त्य गरेर अघि बढनुपर्ने आवश्यकता औल्याउनु भयो ।