काठमाडौं, पुस २५ । शिक्षामन्त्री महावीर पुनले हालै एक मन्त्रीको विदेश भ्रमणका विषयमा भएको विवाद लक्षित टिप्पणी गर्नुभएको छ । आफूलाई पटक–पटक भ्रमणको निम्ता आउँदा पनि विदेश नगएको भन्दै उहाँले विदेश गएर देश नबन्ने बताउनुभएको हो ।
‘म मन्त्री भएपछि पहिला पनि तीन वटा विदेश भ्रमणका निमन्त्रणा आए पनि गइँन, अहिले पनि दुई वटा निमन्त्रणा आएको छ, यसमा पनि जान्नँ,’ मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
उहाँले देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थ मन्त्री आएपनि केही प्रगति नहुने जिकिर गर्नुभएको छ । देश बन्न पैसा चाहिने उहाँले हामीसँग पैसा नभएको बताउनुभयाे । ‘देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधान मन्त्री र अर्थ मन्त्री आए पनि केहि प्रगति हुनेवाला छैन, किनभने केहि गर्न पैसा चाहिन्छ, विदेश घुमेर अर्थतन्त्र बन्छ ?,’ उहाँले प्रश्न गर्नु भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्