जनता टाइम्स

२५ पुष २०८२, शुक्रबार १९:०१

कृषि बिकास बैंक कर्मचारी संघको रक्तदान : १२१ प्रिन्ट रगत संकलन


काठमाडौं, पुस २५ । कृषि बिकास बैंक लिमिटेडको ५९औं बार्षिक ऊत्सवको अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले शुक्रवार केन्द्रीय कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।

रगतको अभावमा हुने मानव जीवनको क्षतीलाई न्युनिकरण गर्नु र समाजमा सेवाभाव फैलाउने उदेश्य सहित सम्पन्नउक्त रक्तदान कार्यक्रममा समिति अन्तर्गत १२१ प्रिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीहरुको रगत अभाव पूरा गर्न सहयोग गर्नेछ ।

मुख्य कार्यालय समितिका अध्यक्ष सुरेशकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बैंक, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनालीको प्रमुख आथित्य तथा कृषि बिकास बैंक कर्मचारी संघको अध्यक्ष छगेन्द्र आचार्य, कृषि बिकास बैंकका प्रमुख कार्याकारी अधिकृत, उपमहाप्रबन्धक, बिभागीय प्रमुख, शाखा प्रमुखसहित कर्मचारी, ग्राहक तथा शुभचिन्तकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

कार्याक्रमको उद्घाटन गर्दै बैंक, बिमा तथा वित्तिय संस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनालीले रक्तदान जस्तो मानवीय कार्यमा सवैको सहभागीतालाई उच्च प्रशंसा गर्दै बैंक र कर्मचारी संघले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

मुख्य कार्यालय समितिका सचिव सन्दिप रेग्मीले कार्याक्रम संचालन गर्नुभएको उक्त कार्यक्रममा मन्तब्य व्यक्त गर्दै कर्मचारी संघ नेपालका अध्यक्ष छगेन्द्र आचार्यले गर्दै यस्ता मानवीय कमले अस्पतालको वेडमा रगतअभावमा छटपटाईरहेका बिरामीलाई राहतहुने कुरा गर्दै ट्रेड युनियनले संचालन गर्ने सामाजिक कार्यले समाज बँैकमा टे«ड युनियनको गरीमा बृदि गरेको बताउनु भयो ।

कृषिबिकास बैंक कर्मचारी संघ नेपालका मुख्य कार्यालय समिति अध्यक्ष तथा कार्यक्रमका सभापति क्षेत्रीले कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण रक्तदाता, कर्मचारी र ब्यवस्थापकलाई धन्यवाद दिनुभएको थियो । कृषि बिकास बैंक कर्मचारी संघ नेपालका अन्य प्रदेश समितीहरुले समेत माघ महिनाभित्र देशभरनै रक्तदान गर्ने कार्याक्रम आयोजना गर्ने जनाइएको छ ।