जनता टाइम्स

२६ पुष २०८२, शनिबार ०७:५६

पूर्वमन्त्री होमनाथ दाहालको निधन


काठमाडौं, पुस २६ । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौँमै उहाँको निधन भएको वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले जानकारी दिनुभयो। ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ हुनुहुन्थ्यो। आज बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने र ९ः३० बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाह संस्कार परिवारका सदस्यले जानकारी दिएका छन् ।

दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ हुनुहुन्छ । दाहालका दुई छोरा डा सुधाम्शु र हिमाम्सु हुनुहुन्छ। नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार समेत रहनुभएका दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहनुभएको थियो ।