काठमाडौं, पुस २६ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रूकुमश्चिमका नेता गोपाल शर्मा दम्पतीलाई नै उम्मेदवार बनाएको छ ।पूर्वमाओवादी केन्द्रका नेता शर्मालाई रुकुमपश्चिमबाट प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस गरेको नेकपाले श्रीमती अञ्जु दहितलाई समानुपातिकको बन्दसूचीमा समेटेको छ ।नेकपाले निर्वाचन कार्यालयमा बुझाएको बन्दसूचीमा अन्जुको नाम थारु क्लस्टरबाट दुई नम्बरमा राखिएको छ ।
प्रतिनिधि सभा समानुपातिकमा समेटिएकी अञ्जु २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बर्दियाको बारबर्दिया नगरपालिकाको नगर उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । २०७९ सालको प्रदेशसभा निवार्चनमा भने प्रत्यक्षतर्फ चुनाव लडेर पराजित हुनुभएको थियो । श्रीमान श्रीमती दुवैजना उम्मेदवार बनेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।नेकपाकी केन्द्रीय सदस्य लक्ष्मी पुनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाले फेसबुकमा लेख्नुभएको छ, ‘श्रीमान प्रत्यक्षतर्फ र निर्वाचन हारेकी श्रीमती समानुपातिकमा वा रे पावर ।’













प्रतिक्रिया दिनुहोस्