जनता टाइम्स

२७ पुष २०८२, आईतवार ०७:५०

देशभर पश्चिमी वायुको आंशिक प्रभाव: काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस


काठमाडौं, पुस २७ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईरमधेशमा केही ठाउँमा हुस्सुरकुहिरो लागेको छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आजराति पनि तराईका केही ठाउँमा हुस्सु कायमै रहनेछ ।

हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहानरबेलुकाको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २।६ डिग्री सेल्सियस रहेको थियो ।