काठमाडौं, पुस २९ । ग्लोबल आईएमई बैंकले १९औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकै साथ बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ।बैंकले वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो।बैंक पुस १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औं वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो।
यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, बागमती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्युरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगन्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५ सय ५८ रक्तदाताले रक्तदान गरेका छन्।













प्रतिक्रिया दिनुहोस्